शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाका नेवार समुदायले तिथी विवादका कारण आज भाइटीका लगाउँदै

काठमाडौ कार्तिक १३,  काठमाडौ उपत्यकाका अधिकांश नेवार समुदायले तिथी  विवादकाका कारण आज भाइटीका लगाउँदै छन् । त्यसोत मंगलबार भाइटीका गर्ने समुदायको सख्या पनि त्यतिकै रहेको अवस्थाकावीच  मंगलवार भाइटीका नगरेका नेवार समुदायले आज किजा पूजा सहित टीका लगाउन लागेको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको क्यालेण्डर परम्परा विपरित भएको भन्दै परम्परागत रुपमा सोमवार लक्ष्मी पूजा, मंगलवार म्हः पूजा र बुधवार किजापूजा गर्ने नितिगत निर्णय सहित यस्तो निर्णय गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार विहान ११ बजे ५५ मिनेटको उत्तम साइतसंगै  आफु अनुकलको साइतमा अधिकांशले मंगलबार नै भाइटीका मनाइदै गर्दा उपत्यकाका नेवार समुदायले भने म्हः पूजा मनाएको थियो । नेवार समुदायको भाइटीकाका कारण आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।