बिहिबार, बैशाख ६, २०८१

आजबाट नेपालको आफ्नै मौलिक संवत ११४० शुरु

गुठी विद्येयक गुठी मास्नका लागि नभई गुठीलाई परिस्कृत गर्न ल्याईएको सरकारका उपप्रम तथा तथा रक्षामन्त्री पोखरेलको जनाउ

काठमाडौ कार्तिक १२,  आजदेखि  नेपाल संवत् ११४० शुरु भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले गरिब जनताको ऋण मोचन गरी नेपाल आफ्नै मौलिक संवत्को सुरुवात् गरेको सम्झनामा प्रत्येक वर्ष आजको दिनलाइ नयाँ वर्ष अर्थात नेपालको मौलिक संंवतको स्वागत गर्दै विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालको आफ्नै मौलिकता बोकेको नेपाल सम्वत् ११४० सुभारम्भको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा आज राजधानीका बसन्तपरबाट नेपाल संवत् ११४० का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेवार समुदायका गुठी, खलः, पुचः तथा सांस्कृतिक तथा साहित्यिक सङ्घसंस्थाले बिहानै -याली निकालेर नेपाल संवत्को भव्य स्वागत गरेका छन् । विभिन्न वेशभूषा, झाँकी र सांस्कृतिक पहिचान झल्कने गरी विभिन्न टोल टोलबाट निकालिएको ¥याली नगरपरिक्रमापछि वसन्तपुरमा आएर मुख्य समारोहमा समाहित भएको थियो ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको परिणामदायि एवम् ज्वलन्त नमूना प्रस्तुत गरेको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो । हो उनै भने राष्ट्रिय विभूति शङ्खधर साख्वाःकृत नेपाल संवतलाइ विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाइ ले राष्ट्रियमान्यता प्राप्त गरेको घोषणा गर्नुभएको थियो ।

नेपाल संवत् ११४० को अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले वसन्तपुरमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल संवत् मुलुकको पहिचानसँग जोडिएको हुँदा यसको इतिहास र गौरवलाई कायम राख्नुपर्नेमा जोड दिँदै उहाँले उक्त संवत् वैज्ञानिक र व्यवहारिक रहेको बताउँदै पछिल्लो समय कम्युनिष्टको सरकारले धर्म संस्कृति मास्नका लागि गुठी विधेयक ल्याएका भन्ने जस्ता अर्नगल प्रचार भएकोमा चिन्ता व्यक्त गर्दै वर्तमान सरकार मुलुकमा प्रचलनमा रहेको धर्म, संस्कृति र परम्परालाई संरक्षण प्रतिवद्ध भएको बताउँनु भएको छ । त्यस्तै गुठी विद्येयकमार्फत गुठी मास्नका लागि नभई गुठीलाई परिस्कृत गर्ने   सोचमा सरकार रहेको जनाउ दिनु भएको छ । यसअघि प्रस्तुत कार्यक्रममा प्रम केपी ओलीले विशेष सम्बोधन गर्ने भनिएपनि उहाँको अनुपस्थितीमा उहाँको शुभकामना सन्देश वाचन गर्दै गर्दै उपप्रधानमन्त्री पोखरेलले सन्देश पत्र आयोजक समितिलाइ हस्तान्तरण गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य मुल समितिका अध्यक्ष रमेश महर्जन लगायतका वक्ताले नेपाल संवतको प्रसंगमा आआफ्नो धारणा अभिव्ष्क्त गर्नु भएको थियो ।  कार्यक्रममा सत्तारुढदल नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ ,कामपाकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी लगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930