शनिबार, बैशाख १५, २०८१

यस्तो छ नेपाल टेलिकमको १५ दिने डाटा प्याक अफर

काठमाडौ असोज १, नेपाल टेलिकमले संविधान दिवसका अवसरमा नेपाल आफुना ग्राहक लक्षित विभिन्न अफरका योजना सार्वजनिक गरेका छन ।  सार्वजनिक गरेको अफर अन्र्तगत एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक प्रयोग गर्न पाउने सुविधा योजना सार्वजनिक गरेको छ ।

त्यस्तै सार्वजनिक अफर असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध रहने जनाउँदै टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले आज जारी गर्नु भएको विज्ञप्तिमा यसअफरमा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न    सकिने  उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।