शनिबार, बैशाख ८, २०८१

संसद् भवनको शिलान्यास गर्दै प्रम ओलीले भने- अव कुनैपनि किसिमका अपराधिक स्वीकार्य हुँदैन

काठमाडौ असोज १ ,प्रधानमन्त्री केपी ओलीले संहदरबारमा आज सङ्घीय संसद् भवनको शिलान्यास गर्दै अव यो वा त्यो नाममा देशमा हुँदैआएको बताउँनु भएको छ । त्यस्तै उहाँले आफ्नो विगतलाइ स्मरण गर्दै आफू प्रधानमन्त्री भएको दुई वर्षभित्र संसद् भवन बनाउने सार्वजनिक अभिव्यक्ति दिएपनि समयमा यावत यवाधानका वावजुद काम गर्न नसकिएपनि आज शिलान्यास भएको संसद भवन आफ्नै कार्यकालमा बन्ने विस्वास व्यक्त गर्नु भएको छ ।
साथै प्रम ओलीले भवनलाइ सुविधा सम्पन्न, गुणस्तरिय बनाउँने काममा कुनैपनि सम्झौता नहुँने जनाउ दिदै निर्धारित समयमानै भवन निर्माण भइसक्नु पर्नेमा जोड दिनु भएको छ ।

सरकारको तर्फबाट सम्पादन भएका पछिल्लो कामले गति लिन थालेको र यसको ज्वलन्त उदाहरण भनेको अमलेखगञ्ज पाइप विस्तार भएको बताउँदै अवका दिनमा , धरहरा निर्माण र रानीपोखरीको पुनःनिर्माण समेत समयमानै सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छ ।

कूल १७३ रोपनी आठ आनामा क्षेत्रफलमा कूल रु नौ अर्ब ६० करोडमा निर्माण हुने बताईएको सिंहदरवार परिसर पुतली बगँैचास्थित संसद् भवन आगामी ३ वर्षमा निर्माण सम्पन्न गर्ने तयारी रहेको छ । त्यस्तै टुण्डी सेक ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले निर्माणको जिम्म्ृवारी पाएको संसदभवनमा भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित विभिन्न ११ किसिमका संरचना रहने र भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, , अति विशिष्ट व्यक्तिको लागि कार्यालय भवन, पुस्तकालय र सङ्ग्राहालय, संसदीय दलको कार्यालय, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, आधुनिक सुरक्षा प्रविधिबाट जाँच कक्ष लगायतका सम्पूर्ण व्यवस्था रहनुको अलावा प्रतिनिधिसभा बैठक चार सय व्यक्ति र राष्ट्रियसभाको सय जना अटाउने ठूला सभाहल समेत रहने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।