बुधबार, बैशाख २६, २०८१

मर्मत–सम्भारका लागि मनकामना केवलकार ५ दिन बन्द हुने

काठमाडौं भाद्र १९, मनकामना केवलकार ५ दिनका लागि बन्द हुने भएको छ । केवलकारको मर्मत–सम्भारका लागि आगामी भाद्र २२ गते देखि २६ गतेसम्म बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिद्दारा आज भन्दा २ दशक अघि सञ्चालनमा ल्याएको केवलकार अस्ट्रियाको डोप्पलमेरले  कम्पनीले बनाएको हो । मर्मत–सम्भार केवलकार नियमित सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।