शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं महानगरपालिका वडा नं ६ का कार्यालय सहयोगी कार्की र सेवाग्राही दोजै तामाङ पक्राउ

काठमाडौं भाद्र १९, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नं ६ का कार्यालय सहयोगी सहयोगी श्याम कुमार कार्की र सेवाग्राही तिनचुली बौद्ध बस्ने खेन्चे दोजै तामाङ लाइ आज घुस रकम लेनदेन गर्दै गर्दाको अवस्थामा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदिप कोइरालाद्दारा आज जारी विज्ञप्तिमा  सेवाग्राही तामाङले वडा कार्यालयमा भौतिक संरचना र जग्गाको कर तिर्ने क्रममा वडा कार्यालयका सहयोगी कार्कीलाई रू एक हजार पाँच सय घुस दिदै काम गराउँदै गर्दा वडा कार्यालय परिसरबाटै आयोगटोली पक्राउ गरेको हो । पक्राउ परेका दोजै तामाङ कार्यालय सहयोगी कार्की उपर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।