शुक्रबार, बैशाख १४, २०८१

 ज्यो सुवेदीले भने- जलथल र आकाश दुर्घटनाको संभावना प्रवल

काठमाडौं असोज ८ , खगोलमा ग्रहहरूले स्थान परिवर्तन गरिरहने र स्थान परिवर्तन गर्दा विभिन्न खालको घटना दुर्घटनाको योगहरू बनिरहेको हुनाले विश्वव्यापि रूपमा यसको प्रभाव पर्ने क्रममा नेपाल पनि यसको असरबाट अक्षुतो नरहेको बताउँदै यसप्रति गम्भीर बन्नु पर्ने ज्योतिषी दीपक सुवेदीले बताएका छन् ।

त्यस्तै ज्योतिष सुवेदीका अनुसार यतिबेला आकाशमा पर्न गइरहेको ग्रहगोचरको अवस्थाले आकाशमार्ग, थलमार्ग एवं जलमार्गमा विभिन्न खालका दुर्घटनाको प्रवल संभावना रहेको बताउँदै राजनैतिक विवाद हुने र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विशिष्ट व्यक्ति एवं राजनीतिक व्यक्तिलाई कष्ट त्यस्तै रोगको संक्रमण बढ्ने, भूकम्पलगायतका दैवी विपत्ति हुनसक्ने जस्ता समस्या आइपर्ने जनाउ दिएक छन ।

त्यस्तै उहाँले आगजनि, हत्या, बलात्कार, लुट्पाट, अपहरण, आत्महत्या, पशुचौपायामा रोग फैलिने र सैन्यशक्तिहरूको टकराव अथवा  झगडा हुनसक्ने विश्लेषण सहित देशविदेशमा रहेका सबै नागरिकहरूमा, समाजमा र देशमा सबैतिर पर्नसक्ने ग्रहको दुस्प्रभावलाई हटाउन सबैले आआफ्नो स्थानबाट शान्तिको उपायहरू अप्नाउन सुझाव दिदै ग्रहशान्तिको उद्देश्यले राज्य अथवा सरकारको तर्फबाट पनि याज्ञिक अनुष्ठानहरू गर्नुपर्ने आवश्यकता औल्याएक छ ।

हेर्नुहोस् ज्यो.सुवेदीको भनाई जस्ताको तस्तै

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।