शनिबार, बैशाख ८, २०८१

नेकपाको सरकार संस्थागत भ्रष्टाचारमा रमाउँदै गरेको सह-महामन्त्री महतको जिकिर

सहमहामन्त्री महतले भने-  कर्णाली र सुदुरपश्चिममा शिक्षण अस्पताल बनाउँन कतिपनि विलम्ब गर्न हुँदैन    

दैलेख असोज ८,  नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले  बुधबार दैलेखको राकममा नेपाली कांग्रेसका नेता कार्यकर्ता सँगको भेटघाटको क्रममा नेकपा नेतृत्वको वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा रमाउँदै गरेको बताउँदै  कर्णाली र सुदुरका जिल्लाका जनताले सिटामोल सम्म खान नपाएको अवस्थाप्रति सरकार मुकदर्शक भएको बताउँदै वर्तमन सरकार जनउत्तरदायि बन्न नसकेको बताउँनु    भएको छ ।

काँग्रेसको दोस्रो चरणको १५ राष्ट्रिय जागरण अभियानको समापनको क्रममा सहमहामन्त्री महलते सुदुर र कर्णालीका मेडिकल पढ्ने इच्छा भएका विद्यार्थीहरुका लागि पनि शिक्षण अस्पताल सुदुर पश्चिम् र कर्णालीका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिन दैलेखको राकममा शिक्षण अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता औल्याउँदै सरकारको ध्यानाकर्षण गराउँनु भएको  हो ।

 त्यस्तै उहाँले छलफलको क्रममा मध्य पहाडी लोकमार्गको एउटा प्रमुख शहरका रुपमा राकम बजारलाई बिकाश गर्ने आवश्यकता रहेको बताउँदै आफु यसको लागि प्रतिवद्ध रहेको जनाउ दिदै हामी सबै तिर बिकास गरौ भनिरहेका छौ तर सरकार भने हाम्रो कुरालाई बेवास्ता गर्दै अगाडी बढ्रने गरेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।