शुक्रबार, बैशाख १४, २०८१

खाडी जलवाष्पयुक्त हावाको असर आज राती सम्म कायम रहने

विहिवारबाट मौसममा सुधार आउँने

काठमाडौं असोज १,  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले  भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असर बुधवार राती सम्म कायम रहने र यसै कारण देशभर बदली हुनाका साथै वर्षा भइरहेको जनाउँदै विहिवार देखि मौसममा सुधार आउँने जनाएको छ ।

त्यस्तै महाशाखाले बिहीबारबाट मौसममा सुधार भए पनि शुक्रबार भने फेरि देशभर आंशिकदेखि सामान्य बदली साथै हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै महाशाखाले आज जारी सूचनामा बुधबार देशका मध्य र पश्चिमका धेरैजसो स्थान तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना औल्याउँदै पहिरो जानसक्ने, नदीमा पानीको वहाब बढ्न सक्ने र सडक तथा हवाई यातायातमासमेत अवरोध आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।