शनिबार, बैशाख १५, २०८१

घुस रकम १ लाख ६६ हजार सहित यातायातका निमित्त प्रमुख सिंह र अधिकृतद्दय पक्राउ

काठमाडौं भाद्र १३ , यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, सातौ तहका अधिकृत भुवन जोशी र छैठौं तहका अधिकृत जयराज कारीगरलाई रु एक लाख ६६ हजार १०० घुसरकम सहित पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार उनिहरुले सवारी साधन बिक्री गरी नामसारी गरिदिएबापत सेवाग्राहीसँग घुस लिदै गर्दा आयोगको टोलीले घुसरकम सहित नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।

यसैवीच जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशङ्कर शर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमको पेश्की फछ्र्योट गरिदिने भन्दै सेवाग्राहीसँग रु १ लाख ३० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्धा दायर गरेको हो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।