शनिबार, बैशाख ८, २०८१

मानव सेवा आश्रमलाई महानगरले दियो बोलेरो

 काठमाडौ भाद्र १३ , काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज राष्ट्रियसभागृहमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सवारी साधनको साँचो हस्तान्तरण गर्नुभएको छ । आश्रमले माहानगरसंगको सहकार्यमा सडक सहयोगापेक्षी मानवको व्यवस्थापन गर्दै आएको र सोहि प्रयोजनका लागि महानगरले बोलेरो गाडी सम्बन्धि कागजपत्र र साँचो हस्तान्तरण   गरेको हो ।

सवारी साधनको चावी हस्तान्तरण कार्यक्रममा वोल्दै  प्रमुख शाक्यले महानगरको हरेक सडकमा सहयोगापेक्षी सडक मानव रहित बनाउनु पहिलो आवश्यकता भएकै कारण निजी सार्वजनिक साझेदारीको अवरधारणा अनुरुप कार्य सम्पादन गर्दै आइरहेको र यसैक्रममा सहयोगापेक्षी सडक मानव हटाउनका लागि पनि आश्रमसंग साझेदारी अनुरुप कार्य सम्पादन हुँदै आएको बताउँनु भएको छ ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गी संस्थाका ,आश्रमका प्रमुख संरक्षक डा गोबिन्द टण्डन ,अध्यक्ष अधिकारी लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।