शनिबार, बैशाख १५, २०८१

क्रिया अनुरुपको प्रतिक्रिया दिन बाध्य हुने पिडानको चेतावनी

काठमाडौं भाद्र ९ , नेपाल औषधि थोक व्यवासायीहरुको छाता संगठन (पिडान)ले औषधि थोक व्यवासायीवृतमा मोही माग्ने ढुङ्गग्रो लुकाउँने प्रवृति सहित चन्दा उठाउँने , सदस्यता नविरकण गर्न करकाप गर्ने जस्ता अनेकन कामकारवाही हुँदै आएको घटनाप्रति प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका केन्द्रीय महासचिव गणेश नेपालले आज एक विज्ञप्ति जारी गर्दै थोक औषधि व्यवसायी र व्यवसायिक सुरक्षाको पहलकदमी लिदै क्रियाशील संस्थाको प्रभावकारिताबाट अत्तालिदै अनेकन आवरणमा केहि व्यक्ति विशेषले संस्थाको गरिमा माथि हिलो छयाप्ने मात्र नभइ यो वा त्यो नाममा अवान्छित क्रियाकलाप गर्दै आएकोमा आपत्ती प्रकट गरेको छ ।

साथै संघका केन्द्रीय महासचिव गणेश नेपाल द्दारा हस्ताक्ष्रित उक्त विज्ञप्तिमा सम्पूर्ण औषधि थोक व्यवसायीको साझा संस्थाको तर्फबाट यी यस्ता अवान्छित क्रियाकलाप विरुद्ध क्रिया अनुरुपको प्रतिक्रिया दिन बाध्य हुने चेतावनी सहित सम्वद्ध सवैमा संस्थागत रुपमा सचेत गराएको छ । त्यस्तै औषधि थोक व्यवासायीहरुलाइ कोहि कसैको पनि करकापमा नपर्न , सदस्यता नविकरण र चन्दा नदिन समेत आव्हान गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।