बिहिबार, चैत्र १५, २०८०

पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा रवि लामिछाने ५ लाख धरौटीमा रिहा

सिधाकुरा जनतासँग र शालिकराम मृत्यु प्रकरण र यस मुद्दासम्बन्धी कुनै कार्यक्रम चलाउन नपाउने अदालतको आदेश

काठमाडौं भाद्र ९, पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने धरौटीमा रिहा भएका छन्।  जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । त्यस्तै सोहि प्रकरणमा लामिछानेसंगै पक्राउ परेका युवराज कँडेललाई ३ लाख र अस्मिता कार्कीलाइ साधारण तारेखमा रिहा गर्न  आदेश दिएको हो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सकिएलगत्तै सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले  थुन छेकको लागि मुद्दाको पक्षमा र विपक्षमा बहस गरेका थिए ।

 यसैवीच लामिछाने रिहा भएसँगै उनलाई मुद्दाको किनारा नलागेसम्म यसअघि न्युज २४ टेलिभिजनबाट सञ्चालन हुँदै आएको सिधाकुरा जनतासँग कार्यक्रममाथि रोक्न आदेश दिइएको छ । त्यस्तै जिल्ला अदालत चितवनको आदेशमा लामछिाने कंडेल विदेश जाँदा अदालतको अनुमति लिएर जानुपर्ने र यूटुब टेलिफोन वा अन्य सञ्चार माध्यमबाट शालिकराम मृत्यु प्रकरण र मुद्दासम्बन्धी कुनै कार्यक्रम चलाउन नपाउने गरी फैसला गरेको हाम्रा चितवनस्थित सहकर्मीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।