शुक्रबार, बैशाख १४, २०८१

राजा ज्ञानेन्द्रको ७३ औं जन्मोत्सव: २०५८ देखि ०७६ सम्मको समिक्षात्मक पुस्तक सन्देश संग्रह’प्रकाशित

काठमाडौं असार २३,  आज राजा ज्ञानेन्द्र शाहको ७३ औं जन्मोत्सव हो । विगत झैं यसबर्ष पूर्वराजा शाहले जन्मोत्सव नमनाइँएपनि जन्मोत्सवकै अवसर पारेर उहाँका संवाद तथा सूचना सम्प्रेषक डा फणिराज पाठक द्दारा प्रकाशित ‘सन्देश संग्रह’ नामक पुस्तक आम नेपालीहरुको लागि उपहार स्वरुप दिएका छन । प्रकाशित पुस्तकमा २०५८ देखि ०७६ सम्मको घट्नाक्रमलाई समिक्षात्मक रुपमा समेटिएको छ । त्यस्तै प्रस्तुत समिक्षात्मक संस्मरणलाइ अध्ययन गर्ने जो कोहि नेपालीको मन पनि भावविहल बन्नेमा कुनै शंका छैन ।

समग्रमा भन्ने हो भने जनताका नाममा जारी गरिएका ३२८ पृष्ठको सन्देशहरुको संग्रह नामक पुस्तकले नेपाली राजनैतिक वृतमा नयाँ बहसको तंरग सिर्जना गर्न सफल भएको देखिन्छ । यसैक्रममा प्रकाशित पुस्तमा समेटिएको केहि साभार अंश। यहाँ प्रस्तुत  गरिएको छ  ।

विसं २०६५ साल जेठ २९ गते नारायणहिटी राजदरबारमा भएको पत्रकार सम्मेलनमार्फत् देशवासीलाई सम्बोधन गर्दा मैले भनेको थिएँ, – राष्ट्राध्यक्षको हैसियतमा काम गर्दा मैले कुनै कसैको अधिकार हनन् हुने काम गरिन। अहिले पनि म आफ्नो अन्तर्हृदय पोख्दछु कि मैले आफ्नो सात वर्षे त्यो राज्यकालमा जे गरेँ, त्यो तत्कालीन संवैधानिक जटिलता र अवरुद्धताको कार्य कारणमै भएर गरेको हो। अन्यथा मेरा यावत् कार्यकलाप देशहित विरुद्ध थिएनन्।

अनि त्यतिखेर मैले भनेको थिएँ, ‘म जुनसुकै हैसियत र अवस्था रहेपनि नेपाल राष्ट्रको स्वतन्त्रता, अखण्डतामा समर्पित रहने प्रण गर्दछु, किनकि मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ।’ अहिले पनि १२ वर्ष अघिको आफ्नो त्यो कथनको स्मरण गर्दै मेरो अन्तर्मन भन्छ,– हाम्रो यो प्यारो देश नेपाल हामी सबै मिलेर बचाउने हो, बनाउने हो। हामी सबै मिलेर हाम्रो देश सिगार्ने हो अनि हामी सबै जुटेर हाम्रो देशका सबै जनतालाई सुखी र समृद्ध बनाउने हो। प्रस्तुति

अहिले हाम्रो मुलुक नयाँ परिवर्तनमा छ। राजनीतिक परिवर्तनको इच्छा र समसामयीक सन्दर्भलाई बुझेर मैले लोकसम्मत आधारलाई अख्तियार गरेँ। तत्पश्चात पनि एक स्वतन्त्र नागरिकका हैसियतले मैले राष्ट्रभक्ति तथा जनहितकारी कार्यविधिलाई नै आफ्नो राष्ट्रिय धर्म ठान्दै आएको छु। गहन जिम्मेवारी र शासकीय अभिभाराबाट पृथक रहेर पनि मैले यताका १०–१२ वर्षमा निकै पटक देश दर्शन गरेको छु। धेरैधेरै जनताका हृदय स्पन्दन छामेको छु र राष्ट्रको अवस्थाको बोध गर्दै आएको छु।

सायद धेरैको चाहना भावना वा त्यस्तै केही महत्वबोधका कारणले होला मैले पटक–पटक भनेका बोलेका कुराहरुलाई संग्रहित गरेर यो संग्रह प्रकाशन गरिएको जस्तो लाग्छ। जे होस्, यो आम जनसमक्ष छ। जे जसरी जसले यसलाई अर्थ्याउन्। मेरो अभ्यन्तरको, मेरो अन्तर्मनको आफ्नो स्पन्दन आफ्नो धड्कन त त्यत्ति हो,– यो राष्ट्रले उँचो गति लेओस्, यसको स्वाधिनता स्वाभिमान नगुमोस् र नेपाली जनता सुखी शान्त रहुन्।

 ७३ औँ जन्मदिनको सन्दर्भमा मप्रति शुभेच्छा सद्भाव प्रकट गर्नुहुने सबैप्रति पनि म आफ्नो अन्तर्मनदेखि हार्दीक कृतज्ञताको भाव स्फूरण गर्दछु आफ्नो अन्तर्मनको यो हृदय स्पन्दन मार्फत। धन्यवाद। जय नेपाल।

साथै राजा ज्ञानेन्द्र शाहको ७३ औं जन्मोत्सव मनाउँन नागरिकस्तरबाट  द्वारिकामान सिंहको संयोजक्तवमा गठीत मुल समारोह समितिले ‘सोमबार बिहान ९ बजे कमलादी गणेशथानमा पूर्वराजाको सुस्वास्थ्य तथा दीर्घायु र मुलुकमा शान्तीका लागि पूजाअर्चनापछि निर्मल निवासमा गइ उहाँको सचिवालयमा अभिनन्दन पत्र बुझाउने तयारी गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।