शुक्रबार, बैशाख ७, २०८१

नेपाललाइ खेलाडी उत्पादन गर्ने देशका रुपमा चिनाउन आवश्यक: अध्यक्ष श्रेष्ठ

काठमाडौ असार २३ ,  मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष बिनोद श्रेष्ठले नेपाललाइ अव    पशुपति ,लुम्बिनी र सगरमाथाको देशका रुपमामात्र नभएर खेलाडी उत्पादन गर्ने देशका रूपमा चिनाउ आवश्यक रहेको बताउँनु भएको छ । एकेडेमी काठमाडौ जिल्ला कमिटी द्वारा आयोजित खेलाडी सम्मान कार्यक्रममा वोल्दै अध्यक्ष श्रेष्ठले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो ।

कार्यक्रममा काठमाडौ महानगरपालिका वडा नम्बर २२ का वडाअध्यक्ष चिनकाजी महर्जनले खेल क्षेत्रलाइ महानगर पालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।उनले खेल्ककुदको बिकासमा आफु निरन्तर लागी रहने बताउँनु भएको छ ।

त्यस्तै आयोजक संस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौ जिल्ला कमिटीका अध्यक्ष नाजिर उद्दिन मुस्लिमले खेलकुदको बिकासमा सबैले साथ दिनु पर्नेमा जोड दिदै खेल बिनाको जिबन कल्पना गर्न नसकिने बताए।

कार्यक्रममा तेक्वान्दोमा अनिल तामाङ,फेन्सिङ तर्फ क्रमस अमित भण्डारी , ओमकार सिंह ,पायस योन्जन र्सन्तोष थापा मगर लाइ सम्मानित गरिएको थियो । बक्सिङ तर्फ सुस्मा तामाङ,एथलेटिक्सतए सन्तोषी श्रेष्ठ सफ्टेनिस तर्फ चन्द्र्माया राइ,सुनिरा थापा ,निर्मल स्थापित र शारीरिक सुगठन तर्फ अनिल लाल श्रेष्ठ ,नरेश मालाकार र आवाज प्याकुरेल लाइ प्रमुख अतिथि बिनोद श्रेष्ठ काठमाडौ अध्यक्ष नाजिर उद्दिन र काठमाडौ महानरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले सम्मान गरेका थिए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु