शुक्रबार, बैशाख १४, २०८१

मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना

काठमाडौ साउन ८,  जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिकै अवस्थित रहेका कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय आजबाट पुन सक्रिय रहेसंगै देशभर भारी वर्षाको सम्भावना औल्याएको छ ।

त्यस्तै महाशाखाले आज साँझ जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय हावाको प्रभावले आज देशको धेरैजसो बदली सहित वर्षा भएको जनाएको छ ।

त्यस्तै जारी बुलेटिनमा ३ दिने मौसम पूर्वानुमानको जानकारी दिदै महाशाखाले ९बुधबार राती देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ भने साउन ९ गते र १० गते समेत देशको पश्चिम तथा पूर्व क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैवीच सक्रिय मनसुनी न्यूनचापीय रेखाका कारण आज तराई तथा चुरे क्षेत्रमा मनसुनी वर्षाको प्रभाव रहेका कारण प्रदेश १, २, ३, र ५ गण्डकी चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।