शनिबार, बैशाख १५, २०८१

भक्तपुरमा ४ हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हट्यो

काठमाडौं साउन १०, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समयसीमा तोकपनि पनि यस वीचमा अर्थात २०७६ असार २१ गतेसम्म अनुदान सम्झौता गर्न नआएका भन्दै प्राधिकरण जिल्ला कार्यालय भक्तपसरले जिल्लाका ४ हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ ।

त्यस्तै २०७६ असार मसान्तसम्म सम्झौता गरेर पहिलो किस्ता पनि नलिने लाभग्राहीको पनि सूचीबाट नाम हटाइएको जनाउँदै जिल्लामा कूल २८ हजार ४१४ लाभग्राही सूचीमा रहेकामा २४ हजार ५५१ ले अनुदान सम्झौता गरेको र बाँकी २४७ ले अनुदान सम्झौता नगरेका कारण लाभग्राही सूचीबाट नाम हटाइएको जानारी दिएका छन ।

साथै अनुदान सम्झौता गरेकामध्येबाट ८ हजार ७५९ ले दोस्रो किस्ता र आठ हजार १७२ लाभग्राहीले मात्रै तेस्रो किस्ता लिइसेको र निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर पनि घर नबनाउनेहरुको सङ्ख्या भने १५ हजार ७९२ रहेको जनाउँदै प्राधिकरणले अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन नआएकाको नाम लाभग्राही सूचीबाट हटाए पनि अन्तिम सुनुवाइको मौका अन्र्तगत कारण उल्लेख गरी स्थानीय निकायमा आवेदन दिए प्राधिकरणले नितिगत निर्णय गर्न सक्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।