बुधबार, बैशाख १२, २०८१

 राष्ट्रको गरिमा र नेपालीको सम्मानमा ठेस लाग्ने काम नगरौ : पूर्व राजाका सचिव डा पाठक

काठमाडौं साउन १०, पूर्व श्री ५ राजा ज्ञानेन्द्र शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था रअका प्रमुख भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयललाई भेटेको भन्ने केही अनलाईन पत्रिकामा छापिएका खबर पूर्णतया झूठो कपोकल्पित भएको बताएका छन ।

पूर्व राजा शाहका सचिव डा फणिराज पाठकले विज्ञप्ति जारी गर्दै पूर्वराजा र रअ प्रमुखवीच भेटवार्ता नभएको प्रष्ट्याउँदै जारी विज्ञप्तिमा
यस्ता कपोकल्पित समाचारले राष्ट्रको गरिमा घटाउने र नेपालीको सम्मानमा ठेस लाग्ने उल्लेख गरेका छन् ।

त्यस्तै विज्ञप्तिमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरुमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु’ भन्दै कपोलकल्पित, मनगढन्ते समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु,’ भनिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।