बुधबार, बैशाख २६, २०८१

बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, ५५ वर्षीय मुखियाको २४ घण्टापछि उद्धार

काठमाडौ असार २८,  देशभर भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएका बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना आवश्यक सामग्रीसहित परिचालित भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपहिरो गएका क्षेत्रमा सम्बन्धित पृतना, बाहिनी, गण र गुल्मबाट आवश्यक उद्धार सामग्रीसहित सैनिक टोली जनाएको छ।

अविरल वर्षासँगै कमला नदीमा आएको बाढीका कारण सिरहामा ६०० भन्दाबढी परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लैजाने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ । बाढीका कारण कमला, बलानलगायत नदीको पानीको सतह बढेको प्रशासनले जनाएको छ । यसैवीच कमला नदीको बाढीबाट जोगिन रुख चढेका ५५ वर्षीय बेत्रु मुखियाका २४ घण्टापछि नेपाली सेनाको टोलीले उद्धार गरेको जनाएको छ ।

त्यस्तै जगदल गणले काठमाडौ महानगरपालिका वडा नं.१४ स्थित कुलेश्वर ईलाकामा रहेको मेट्रो कोलनी र वरियन्टल कोलोनीमा डुवानमा परेका ६० जनाको उद्धार गरि सुरक्षित स्थानमा सारेको छ नेपाली सेनाको फेसवुक पेजमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।