बुधबार, बैशाख १२, २०८१

कार्यकर्तालाई उद्धारमा जुट्न सत्तारुढदल नेकपाको निर्देशन

काठमाडौ असार २८ , अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा मानवीय क्षति हुन नदिन र पीडितको उद्धार र राहत कार्यमा जुट्न सत्तारुढ दल नेकपाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई निर्देशन दिएको छ ।

आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली त्यस्तै अर्का अध्यक्ष प्रचण्डले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा अविरल वर्षाका कारण मानवीय क्षति हुन नदिन पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसङ्गठनलाई उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशन दिनुभएको हो ।

त्यस्तै विज्ञप्तिमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा बाढीबाट घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।