शनिबार, बैशाख ८, २०८१

राजधानीमा समेत बाढीको प्रकोप , स्थानीय जनजीवन कष्टकर

काठमाडौ असार २८,  देशभर भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएका बाढी र पहिरो प्रभावित बन्दै गर्दा राजधानीको
विभिन्न स्थान समेत बाढीको कारण डुबानमा परेको छ ।

कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्र र भाटभटेनी र आसपासका पुरै क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण सडक, घर जलमग्न भएपछि स्थानीय जनजीवन कष्टकर भएको छ । त्यस्तै मालपोत कार्यालय, ट्राफिक कार्यालय पनि डुबानमा परेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।