शनिबार, बैशाख १५, २०८१

पहिरो अपडेट: पहिरोमा पुरिएका ११ शव निकालियो, २ अझै बेपत्ता,उद्धारकार्यमा निकै सकस

काठमाडौं साउन ७,  गए रातिदेखिको अविरल वर्षाका कारण गएको पहिराले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा गएको पहिरोमा सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा पुरिएका मध्ये ११ जनाको शव फेला परेको र २ जना अझै बेपत्ता रहेको बताईएको छ ।

स्थानीय प्रशानसनका अनुसार पहिरोका कारण पूरै गाउँ नै जोखिममा रहेकाले वडा नं. ४ का प्रभावित स्थानियलाइ राम माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको जनाएको छ । यस्तै पहिरामा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा स्थानीयसमेत उद्धारमा खटिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाइ उदृत गर्दै प्राप्त समाचारमा अविरल वर्षा र पहिरोका कारण उद्धारकार्यमा निकै सकस भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।