शुक्रबार, बैशाख १४, २०८१

देशका २५ जिल्लामा साताभर वर्षासँगै आकस्मिक बाढी पहिरोको जोखिम

 खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन आग्रह

काठमाडौ असार २७ मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गर्दै यसवीचमा
खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहन आवश्यक रहेको बताएका छन ।  महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै २५ जिल्ला क्रमस झापा,मोरङ, सुनसरी, सप्तरी,सिराहा,महोत्तरी,बारा, चितवन,रूपन्देही,बांके, कैलाली,धनकुटा,दोलखा,काभ्रे,धादिङ,कास्की, पाल्पा, रूकुम,दाङ, सुखेत,डोटी,संखुवासभा,मुस्ताङ,जुम्ला, दार्चुलामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्थाको संभावना औल्याएको छ ।

हेर्नुस, यस्तो छ नेपालका २५  जिल्लाका लागि साप्ताहिक मौसम पुर्वानुमान

यद्यपी महाशाखाले शनिवारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षाको संभावना रहेको यसअघिनै जनाईएको छ।  त्यस्तै विशेष भविष्यवाणी अन्र्तगत भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा बढी प्रभाव पार्ने हुँदा उच्च सतर्कता अपनाउनुपर्ने बताउँदै महाशाखाले विशेष गरी तराईका पर्सा, चितवन र आसपासका क्षेत्रका आकाश घना बादलले ढाकेको जनाएको छ।

त्यस्तै झापा,मोरङ, सुनसरी,सप्तरी,सिराहा,महोत्तरीमा हल्का देखि मध्यम वर्षार भारी वर्षाको संभावना औल्याउँदै यसवीचमा  मौसममा कुनै उल्लेखीय परिबर्तन नहुने र सामान्य देखि पूर्णतया बदलीसंगै मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।