शुक्रबार, चैत्र १६, २०८०

अविरल वर्षाका मोफसलका विभिन्न बस्ती डुबानमा, पहिरोले घर पुर्दा बनेपामा २ को मृत्यु

 हनुमन्ते नदीमा आएको बाढीको वहाव बस्तीमा

काठमाडौ असार २७,  मनसुनको सक्रियतासंगै पर्दै आएको अविरल वर्षाका मोफसलका विभिन्न बस्ती डुबानमा पर्नुको अलावा अधिकांश क्षेत्र जलमग्न भएका छन् । यसैक्रममा बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको हाम्रा सहकर्मी जनाएको छ ।

पहिरोले घर पुर्दा दुईको मृत्यु त्यस्तै अविरल वर्षाकै कारण खसेको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुईजना घाइते भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारमा उल्लेखभएअनुसार स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उहाँकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको स्थानीय प्रहरीलाइ उदृत गर्दै उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार प्रस्तुत घटनामा दङ्गालको बुहारी सुशीला र उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएकोे र उनिहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै अविरल वर्षाका कारण बनेपास्थित पुलबजारस्थित सडक आज बिहानदेखि डुबानमा पर्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ भने हलुका तथा दुईपाङ्ग्रे सवारीसाधन बाटोमै रोकिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच भक्तपुरको हनुमन्ते नदीमा आएको बाढी वहाव बढ्न थालेपछि आसपासका बस्तीमा दुवानको समस्या देखिएको भन्दै स्थानीय प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान भनेको छ ।

त्यस्तै हनुमन्ते नदीमा आएको बाढीको वहाव सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शङ्खधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायत क्षेत्रबाट बाढी बस्तीमा पस्न थालेपनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयंसेवकको टोली जिल्लामा आइपर्ने विपद् न्यूनीकरणका उद्धार सामग्री सहित उच्च सतर्कतामा रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।