शुक्रबार, बैशाख १४, २०८१

कांग्रेस केन्द्रीय समितिको बैठक :महाधिवेशनको मिति तोक्दै कार्यतालिका बनाउन माग

निर्मला पन्त हत्याकान्डका दोषीलाई एक वर्षसम्म पनि पक्राउ गर्न नसक्नु सरकारको ठूलो असफलता  

काठमाडौं साउन १० ,नेपाली  कांग्रेसको विहिवारबाज शुरु भएको केन्द्रीय समितिको बैठक आज पनि जारी रहयो   ।    आजको बैठकमा वोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको महाधिवेशनको मिति तोक्दै महाधिवेशन कार्यतालिका बनाउन माग गरेका छन् ।  त्यस्तै   सदस्यहरुले मुलुकमा दुइ तिहाइको सरकार हुँदा समेत कार्य सम्पादन जनमुखी बन्न नसक्नुको अलावा प्रतिपक्षीदलको रुपमा रहेको काँग्रेसको भूमिका पनि प्रभावकारी बन्न नसकोमा चिन्ता समेत व्यक्त गरिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने विषयमा आजको बैठकमा  छलफलले निरन्तरता पाएको  बताउदै    उहाँले   काँग्रेसको  सम्मपन्न  महासमिति बैठकबाट पारित भइ फागुन १२ गते केन्द्रीय समितिबाट अनुमोदित पार्टी विधानले टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी पार्टीका ८ तहका संरचनाको व्यवस्था रहेका  कारण  आजको बैठकमा अन्तरिम संरचना कसरी बनाउने, पहिला कुन तहको संरचना निर्माण गर्ने, कुन समयमा बनाउने, निर्वाचन समितिलाई कसरी जिम्मा लगाउने, त्यसको प्रगति के कसरी लिने भन्ने बारेमा नेताहरुले आ–आफ्नो धारणा  राख्नु भएको  जानकारी दिनु भएको छ ।

  विहिवारको केन्द्रीय कार्यसमिति बैठकले नेपाली कांग्रेसले कन्चनपुरकी   निर्मला पन्त हत्याकान्डका दोषीलाई एक वर्षसम्म पनि पक्राउ गर्न नसक्नु सरकारको ठूलो असफलता भएको निष्कर्ष सहित पार्टी महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका विभिन्न १४ वटा एजेन्डा अन्र्तगत नियमावलीमा प्रस्तावित शुल्क घटाउने र नियमावली मस्यौदा समितिले नै नियमावलीलाई सर्वसम्मतरुपमा अन्तिमरुप दिने निर्णय गरेको थियो  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।