बिहिबार, चैत्र १५, २०८०

तत्काल भारी वर्षाको सम्भावना नभएको पूर्वानुमान महाशाखाको जनाउ

काठमाडौ साउन १२,  जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुको प्रभाव न्यून हुने बताएको छ । महाशाखाका अनुसार “मनसुन सेप्टेम्बर सम्म जारी रहनेभएका पनि मनसुनी न्यून चापीय रेखामा भइरहेने उतारचढावका कारण  अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन/चार दिन मनसुनको गतिविधी कम सक्रिय हुने भनाइ सहित तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यद्यपी महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ मनसुनको समयमा लगातर वर्षा भएको पहाडी भू–भागमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्कता अपाउन आवश्यक रहेको जनाउ दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।