शुक्रबार, बैशाख १४, २०८१

आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको संभावना ,२४ घण्टाका सर्तक रहन चेतावनी

काठमाडौं आसार २८,  मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको अझै सम्भावना रहेको जनाएको छ ।

यस्तो छ मौसम पूर्वानुमान बुलेटिन

महाशाखाले आज एक जारी गरेको विशेष बुलेटिनमा न्यूनचापीय रेखासँगै न्यूनचापीय क्षेत्र पनि मध्य र पूर्वी नेपाल नजिक रहेकाले आइतबारसम्म मनसुन अति सक्रिय रहने उल्लेख गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमान सहित देशका पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भू–भागमा केही स्थानमा र पश्चिमी भू–भागका तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना औल्याएको हो ।

यसैवीच जारी मौसम पूर्वानुमान बुलेटिनमा  देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको (Heavy rainfall)सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा  (Very Heavy rainfall) हुने सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य, र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको वहाव र स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथैदेशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउन  भनेको छ । 

त्यस्तै आज राति देशका पूर्व र मध्यक्षेत्रका पहाडी भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ भने आइतबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने र खासगरी पूर्व तथा मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै सोमबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रही पूर्वी क्षेत्रका एक–दुई स्थानमा र पश्चिमी पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना ओल्याउँदै काठमाडौमा १८.० मिलीमिटर वर्षा भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।