बुधबार, बैशाख २६, २०८१

समन्वय एकाइ सल्यानका एकाइ प्रमुख वली घुस रकम सहित पक्राउ

काठमाडौ असार १० अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका एकाइ प्रमुख धनबहादुर वलीलाई पक्राउ गरेको छ ।  इकाइ प्रमुख वलीले शिक्षक सरुवा प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राही सँग रु २५ हजार घुस लिएको अभियोगमा कार्यलय परिसरबाट पक्राउ गरेको आयोगद्दारा जारी विज्ञप्तिम उल्लेख गरिएको छ ।

यसैवीच आयोगद्दारा जारी अर्को विज्ञप्तिमा कर्णाली सामुदायिक विकास केन्द्र नेपालगञ्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत भुसाल, कृषक समूहका अध्यक्ष रामकुमारी भन्ने रामकला केसी र तत्कालीन कृषि प्राविधिक मोतिप्रसाद न्यौपानेविरुद्ध रु पाँच लाख ७७ हजार ३५० बराबरको भ्रष्टाचार गरेको अभियोगमा साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना नेपालगञ्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत देवराज भुसालसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नारायण नगरपालिका दैलेख–१ कुइकानास्थित श्रीस्थान ताजा तरकारी कृषक समूहलाई अदुवा खेती गर्न प्रदान गर्नुपर्ने रकम नदिइ नक्कली हस्ताक्षर गराई भ्रष्टाचार गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।