आइतवार, बैशाख २३, २०८१

क्लिन फिडले नेपाली सञ्चार माध्यमको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने महासङ्घको विश्वास

क्लीन फिड विधेयक संसदबाट पारित भएमा सशक्त आन्दोलनमा उत्रने सेवा प्रदायक संघ–संस्थाको चेतावनी

काठमाडौ असार १० नेपाल पत्रकार महासङ्घले सङ्घीय संसदमा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकोमा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।

महासङ्घद्दारा आज जारी विज्ञप्तिम सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरूमा नेपाली सञ्चार माध्यमको दिगो विकासका लागि ‘क्लिन फिड’ व्यवस्था लागू गर्ने विषय उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गरिएको छ । क्लिनफिडको कार्यान्वयनसंगै नेपाली सञ्चार माध्यमको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने महासङ्घले विश्वास व्यक्त गरेको छ ।

साथै विज्ञप्तिमा विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्था गरी लागू गर्ने दृढता प्रदर्शन गरेकामा महासङ्घले सरकारलाई धन्यवाद व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक विधेयक फिर्ता लिई सरोकारवालाहरूसँग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयकको माग गर्दै बुधबार वसन्तपुरमा चर्चित कविहरूको कविता वाचन र ख्यातिप्राप्त काटुर्निष्टहरूको कार्टुन चित्र प्रदर्शनीको आयोजना गरेको जनाउँदै घोषित आन्दोलनहरुमा सक्रिय सहभागि हुन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघसंस्था, पेशाकर्मी नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुसंग हार्दिक आव्हान समेत गरेको छ ।

यसैवीच राजधानीमा आज टेलिभिजन सेवा प्रदायक संघ–संस्थाहरुले सरकारले ‘क्लीन फिड’ लागू गर्ने सरकारको नितीका कारण सञ्चारमाध्यमहरु धराशायी हुनसक्ने चेतावनी दिदै क्लीन फिड विधेयक संसदबाट पारित भएमा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।