बिहिबार, बैशाख २७, २०८१

काठमाडौं महानगरको आसन्न आबको वजेट रू १५ अर्ब ५० करोड ७० लाख

काठमाडौं असार १०,  काठमाडौं महानगरले आर्थिक बर्ष २०७६/०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको आय व्यय प्रस्ताव गरेको छ । मंगलबार राजधानीमा आयोजित नगर सभाको पाचौं अधिबेशनको दोस्रो बजेट बैठकमा महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी वजेट वक्त्व्य सहित प्रस्तुत गर्नु भएको बिनियोजन बिधेयकमा आसन्न आवको लागि उल्लेखित वजेटको आंकंडा प्रस्तुत गर्नु भएको हो ।

त्यस्तै महानगर उपप्रमुखद्दारा प्र्रस्तुत उक्त बिनियोजन बिधेयकमा खर्च अनुमान चालु आर्थिक बर्षको बिनियोजित रु १३ अर्ब २ करोड १२ लाख ३७ हजारको तुलनामा १९ प्रतिशत बढि रहेको जनाउ दिनु भएको छ । साथै उहाँले प्रस्तावित बिनियोजन बिधेयकमा सबैभन्दा बढी उर्जा, भवन तथा सहरी विकास, वैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य पूर्वाधारका क्षेत्रहरु समेटिएको पूर्वाधार बिकासका लागि कुल कुल बजेटको ३९ प्रतिशत रकम बिनियोजन गरिएको बैठकमा जानकारी दिनु भएको छ । त्यस्तै सामाजिक विकास क्षेत्रका लागि पनि कुल बजेटको २४ प्रतिशत अर्थात ३ अर्ब ७२ करोड १५ लाख ४९ हजार बजेट बिनियोजन गरिएको जनाउ दिनु भएको छ ।

त्यस्तै सस्थागत विकास तथा सेवा प्रवाह एवं सुशासनको क्षेत्रमा कुल बजेटको २३ प्रतिशत अर्थात ३ अर्ब ५९ करोड १८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको जानकार िदिनु भएको छ । एवमंरितले जग्गा बिकासका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार छुट््याइएको उहाँले जानकारी दिनु भएको छ । त्यस्तै उद्योग तथा वाणिज्य, कृषि, पर्यटन, वित्तिय र सहकारी क्षेत्र रहेको आर्थिक बिकासका लागि ६९ करोड ७ लाख ७४ हजार रुपैयाँ र वातावरण तथा विपद व्यवस्थापनतर्फ वाताबरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साईटको ब्यबस्थापन, वन तथा भू -संरक्षण, बारुणयन्त्र सञ्चालन र विपद व्यवस्थापनका लागि ३९ करोड १५ लाख ४५ हजार रुपैयाँ प्रस्ताव गरिएको जनाउ दिदै प्रस्तावित बजेटमध्ये आन्तरिक श्रोतबाट ७ अर्ब ५६ करोड ६ लाख ३७ हजार रुपैयाँ अर्थात् अनुमानित आम्दानीको ५२.५८ प्रतिशत रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै बाह्य श्रोतबाट ४ अर्ब १८ करोड ९० लाख ८ हजार रुपैयाँ, महानगरपालिकाको नाममा बैंकमा रहेको मौज्दातबाट २ अर्ब ६२ करोड ९० लाख ९७ हजार रुपैयाँ र आफूमातहतका आयोजनाहरुबाट १ अर्ब १२ करोड ८२ लाख ७० हजार रुपैयाँ गरी १५ अर्ब ५० करोड ७० लाख १२ हजार आय हुने अनुमान गरिएको छ ।

यस्तो छ काठमाडौं महानगरको आव ०७६ ०७७का लागि प्रस्तावित अनुमानित आय व्यय विवरण

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।