बुधबार, बैशाख २६, २०८१

बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न जडित रातो मत्स्येन्द्रनाथको भोटो आज देखाईंदै

(फाइल फोटो)

काठमाडौं जेठ २६,  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज अपराह्न जावलाखेलमा देखाउने भएको छ । मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्याएको ४ दिनपछि मत्स्येन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने परम्परा अनुरुप आज बर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउन लागेको हो । रातो मत्स्येन्द्रनाथको भोटो जात्रा हेर्न ललितपुरको जावालाखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी आज अपरान्ह जावालाखेल जानुहुने भएकी छिन ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी सहित उपराष्ट्रपति , कार्यवहाक प्रधानमन्त्री , मन्त्रिगण, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न निकायका प्रमुख एवम् जिल्लास्थित दलका नेता, सासंद संगै सर्वसाधारणले जावलाखेल पुगेर भोटोजात्रा अवलोकन गर्ने गर्दछ ।

जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङ्मतीस्थित उनकै मन्दिरमा पु¥याउने चलन छ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्‍याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । भोटो जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।