बुधबार, बैशाख २६, २०८१

बन्द आव्हानका कारण मोफसलको जनजीवन प्रभावित राजधानीको सुरक्षा व्यवस्था कडा

काठमाडौं असार १०,  सरकारद्दारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको  दोहरो झडपको नाममा निर्मम हत्या गरिएको विरोधमा आव्हान गरेको नेपालबन्दका कारण जनजीवन प्रभावित भएको छ । राजधानीमा बन्दको असर न्यून देखिएपनि मोफसलमा कुनै सवारी साधन चल्न नसकेका बताईएको छ ।

त्यस्तै मोफसलका विभिन्न जिल्लामा शंकास्पद वस्तु फेला परेका कारण सुरक्षा सर्तकता बढाईएको छ ।

यद्यपी  बन्द आव्हानका कारण राजधानको शिक्षण संघसंस्था प्रभावित भएको छ भने राजधानीको विभिन्न चोक चोक र नाकामा कुनै पनि आकस्मिक घटना नहोस भन्दै राज्य सरकारले वाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।