बुधबार, बैशाख २६, २०८१

दिनहुँ जस्तो हुने गरेको प्रदर्शनका कारण अन्तत गुठी विधेयकबाट सरकार पछि हट्यो

काठमाडौं असार १०, गुठी विधयेक फिर्ता धोका हो , हाम्रो माग फिर्ता होइन खारेजी हो , गृहमन्त्री, सन्चारमन्त्री, भूमि व्यवस्थामन्त्रीको राजीनामा दे जस्ता नारा सहित राजधानी लगायत मोफसलमा समेत दिनहुँ जस्तो हुने गरेको सरोकारवालाहरुको प्रदर्शनको अगाडि राज्य झुकेको छ ।

सडक देखि सदनसम्मको चौतर्फी दवाव पछि सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत असार ३ गते विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन ।

तर सरोकारवाला हरुले विधेयक फिर्ता होइन खारेजी हुनुपर्ने माग गर्दै राजधानीमा उपत्यकामा हरेक दिन   कहिले हस्ताक्षर संकलन त कहिले खवरदारी सभा त्यस्तै कहिलेकोण सभा त कहिले पदयात्रा जस्ता प्रदर्शनको अगाडी सरकारको केहि सिप नलागेपछि राष्ट्रियसभामा पेश भएको प्रस्तुत विधेयक औपचारिक रुपमै फिर्ता लिने भन्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव दर्ता गराएको बुझिएको छ । आज बस्ने राष्ट्रियसभाको बैठकले उक्त प्रस्ताव फिर्ता भएको जानकारी प्रवाह गर्ने छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।