काठमाडौं असार ५ , काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बिहीबार आ.व. २०७६/०७७ का लागि प्रस्तावित बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राजधानीमा आज सम्पन्न पाँचौ नगर सभाको बैठकमा प्रमुख शाक्यले आगामी बर्षका लागि ५ शीर्षक, २६ उपशीर्षक र १३८ बुँदामा महानगरको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
यससँगै १६ बुँदामा चालु आर्थिक बर्षका कामको समीक्षा र ८ बुँदामा आगामी बर्षका प्राथमिक योजना, नीति तयार गर्दा अबलम्बन गरिएका पद्धतिका बिषय उल्लेख छन् । उहाँले प्रस्तुत गर्नुभएका नीतिहरु बुधवार बसेको नगर कार्यपालिकाको ३४ औं बैठकले नगर सभाको प्रस्तावका रुपमा पेश गर्न स्वीकृत गरेको थियो । प्रस्तुत स्वीकृत कार्यक्रम पारितभएसंगै महानगरपालिकाले आज प्रस्तुत नीति तथा कार्यक्रमका आधारमा आगामी १० गते बजेट सार्वजनिक गर्ने भएको छ ।
त्यस्तै महानगर प्रमुख शाक्यले आज प्रस्तुत गर्नु भएको कार्यक्रममा राज्यको लोककल्याणकारी अवधारणा, नेपाल सरकारले लिएको “समृद्ध नेपाल सुखी नेपाली” बनाउने दीर्घकालीन सोचलगायतका बिषयलाई आधार बनाएर महानगरभित्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि परेका/पारिएका समुदायहरुलाई उच्च प्राथमिकता तथा आम महानगरबासीको सर्वोपरि हितलाई केन्द्र भागमा राखेर आगामी बर्षको नीति तय गरिएको जानकारी दिदै बिश्व सम्पदा क्षेत्र (पशुपति, बौद्ध, बसन्तपुर र स्वयम्भू) लाई पर्यटकीय हबका रुपमा बिकास गर्ने देखि मनमोहन जेष्ठ नागरिक निःशुल्क खोप कार्यक्रम सञ्चालन,सहिद धर्मभक्त माथेमाको सिफलमा, सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको शोभाभगवतीमा पूर्णकदको सालिक प्रतिस्थापन त्यस्तै नेपाल र नेपाली भाषाको प्रवर्धनमा योगदान पु¥याउने श्रष्टालाई महानगर साहित्य पुरस्कार, शुशासन प्रवर्धनमा योगदान पु-याउने पत्रकारलाई महानरीय शुशासन पत्रकारिता पुरस्कार, युवा प्रोत्साहनका लागि महानगर आदर्श युवा पुरस्कार, जेष्ठ नागरिकलाई मनमोहन जेष्ठ नागरिक सम्मान, प्रजातान्त्रिक आन्दोलनमा समर्पित योद्धालाई गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान प्रदान गरिने भएको छ ।
त्यस्तै एक वडा एक नमूना सामुदायिक बिद्यालयको अवधारणा कार्यान्वयन गर्ने रात्रीकालीन व्यापार प्रवर्धन संघीय सरकारको सहकार्यमा महानगर जेष्ठ नागरिक अस्पताल सञ्चालन ,सहरी व्यवस्थापन, सम्पदा, संस्कृति, आर्थिक, सामाजिक, वातावरण तथा बिपदजस्ता बिषयमा अध्ययन अनुसन्धान ,तीनकुनेमा अन्तरराष्ट्रिय स्तरको बुद्ध पार्क बनाउने देखिदमकल जान नसक्ने ठाउँमा फायर हाइड्रेन्टको व्यवस्था गर्ने सम्मका कार्यक्रम रहेका छन ।
त्यस्तै नो माक्स सिटी’ का रुपमा विकास गर्न धुवाँधुलो नियन्त्रण गर्दै हाल प्रयोगमा ल्याइएका बु्रमरलाई थप प्रभावकारी बनाउ महानगरमा सञ्चालित बु्रमरले उठाएको धुलोलाई प्रशोधन गरेर नयाँ वस्तु उत्पादन गर्न प्रोत्साहन गरिने नीति समेत तय गरेको जनाएको छ । साथै
निश्चित स्थानमा ‘सवारी निषेधित क्षेत्र’ घोषणा गर्ने, थप स्थानमा स्मार्ट पार्किङ लागू गर्ने, ‘भर्टिकल पार्किङ र अण्डरग्राउण्ड पार्किङ’ निर्माण गर्ने योजना बनाएको छ । काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ कार्यान्वयन लगायतका कार्यक्रम रहेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान