बुधबार, बैशाख १२, २०८१

खाद्य प्रविधिका महानिर्देशक कर्णसहित १३ जनाविरुद्ध २४ करोड ८० लाख ९५ हजार भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं असार ५,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत प्रयोगशाला मोबाइल भ्यान खरीदको क्रममा महानिर्देशक कर्णले भ्यानको आपूर्तिकर्तासँगको मिलेमतो गरी गैरकानूनी लाभ लिई चार थान प्रयोगशाला मोबाइल भ्यानको दुई पटक गरी रू २४ करोड ८० लाख ९५ हजार ११६ भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।

आयोगका अनुसार मुद्धा दायरको क्रममा महानिर्देशक कर्णविरुद्ध रु १२ करोड ४० लाख ४७ हजार ५५८ बिगो माग गरिएको छ भने भ्रष्टाचार  मिलेमतोमा सहकार्य गर्ने विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रवीता श्रेष्ठ, नासु गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्यलाइ   ४ करोड १३लाख ४९ हजार १८६ बिगो माग गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ खुमलटारका लेखा उपसचिव गणेशप्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेल र तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इञ्जिनीयर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाइ परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल, वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र आपूर्तिकर्ताका प्रतिनिधि प्रवीण कुँवरविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।