शुक्रबार, बैशाख १४, २०८१

आज श्रीमानको दिर्घायुको कामना गर्दै वटसावित्री व्रत मनाईदै

( फाइल फोटो )

  पतिव्रता सावित्री नामको महिलाले प्राण् पखेरु उडिसकेका आफ्नो श्रीमान सत्यवानको यमराजसङग अनेकन तर्क वितर्क गर्दै जिवन फिर्ता गरेको प्रसङग जोडिएको छ ।

काठमाडौं जेठ २० आज ज्येष्ठ कृष्ण औशी अर्थात वत सावित्री पूजा ।आजको दिन विवाहित हिन्दु महिलाहरुले आनो श्रीमानको दिर्घायूको कामना गर्दै वरको रुखको तल द्दण् बसेर सावित्री, सत्यवान र यमराजको विशेष पूजा गर्दै यो व्रत मनाउँने गरिन्छ । त्यस्तै सन्तान नभएका विवाहित दम्पतिले सन्तानको कामना सहित यो व्रत गर्दा सन्तान प्राप्त हुँने विस्वास रहि आएको छ ।

त्यस्तै नवविवाहिताले पहिलो पटक व्रत बस्दा दिनभर उपवासमा बस्ने गर्छन् । त्यस्तै आजको दिन धार्मिक दस्तावेजमा वर्णन भएअनुसार पतिव्रता सावित्री नामको महिलाले प्राण् पखेरु उडिसकेका आफ्नो श्रीमान सत्यवानको यमराज सङग अनेकन तर्क वितर्क गर्दै जिवन फिर्ता गरेको प्रसङग जोडिएको छ । धार्मिक आख्यान अनुसार यमराजले सत्यवानको प्राण हरण गर्दै जान लाग्दा उनकी श्रीमती सावित्रीले यमराजको पछिपछि आउँन थाले पछि यमराजले पटक पटक सावित्रीलाई आफ्नो पछि नआउँन भन्दा पनि सावित्री मानिनन । त्यस्तै सावित्रिको यो हरकतबाट अवाक भएका यमराजले उनलाई रोक्नका तीन वटा वरदान दिन बाध्य भए ।

यसरी यमराजसङग वरदान माग्ने क्रममा सावित्रीले एकसय पुत्रको आमा बन्न पाउँ भन्ने वरदान माग गर्दा यमराजले तथास्तु भन्दै वरदान दिए । तर यो वीचमानै सावित्रीले हे यमराज म पतिव्रता नारी हँु यस अर्थमा पनि विना पति हजुरले दिएको वरदान पूरा गर्न मिल्दैन मलाई यसको लागि पति अर्थात श्रीमानको जरुरी हुँन्छ तर हजुरले मेरो श्रीमानको प्राण हरण गर्नु भएको अवस्थामा वरदान आफैमा मिथ्या हुँने भो भनेर भन्दा यमराजले आफुले दिएको वरदान पूरा गर्नका लागि पनि सावित्रीलाई श्रीमान प्राप्तिको वरदान दिएको प्रसंग उल्लेख छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।