शुक्रबार, बैशाख १४, २०८१

सडक दुर्घटनामा मोटरसाईकलमा सवार पत्रकार शर्मा र कलाकार मुडभरीको मृत्यु

काठमाडौ जेठ १९ , ललितपुरको सानेपामा आज अपरान्ह भएको सडक दुर्घटनामा मोटरसाईकलमा सवार मुलुकको कृषि विटमा कलम चलाउँदै आएको पत्रकार गोविन्द शर्मा र आइटी पर्सन चन्द्रमणि मुडभरीको मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार प्रेस सेन्टर नेपाल काठमाडौका अध्यक्ष समेत रहेका पत्रकार शर्मा र म्हेन्दु नामक नेपाली चलचित्रका नायक समेत रहेका मूडभरी सवार मोटरसाइकलाइ कोटेश्वरबाट बल्खुतर्फ आउँदै गरेको  बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर  दिएको बुझिएको छ ।  मृतक पत्रकार शर्मा मूडभरीको पोसमार्टम पछि सोमवार अन्तेष्टि गरिने बताइएको छ ।

पत्रकार शर्मा र मूडभरीको सडक दुर्घटनामा परि भएको दुखद निधनको घडिमा मृत आत्माको नित्ररशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति यस kantipurhotline.com को तर्फबाट समवेदना व्यक्त गर्दछौं ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।