शुक्रबार, बैशाख ७, २०८१

डा. डीआर उपाध्यायको ‘तिम्रो आखाँको नानी भित्र सार्वजनिक

काठमाडौ जेठ २०,  गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिम्रो आखाँको नानी भित्र लुक्न देऊ मलाई…’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको सङ्गीत र सन्तोष लामा अनि बानिका प्रधानको स्वर रहेको गीत ‘तिम्रो आखाँको नानी भित्र…’को भिडियो सार्वजनिक भएको हो ।  शुभाष प्रधानले निर्देशन अनि राज महर्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा विनु शाक्य र पुस्कर ढुंगानालाई फिचरिङ गरिएको छ ।
प्रेम लामाले छायाँकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।
डा. डी आर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् । डा. डीआरलाई जेठ पाँच एक विशेष समारोहमा पनि चार ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । उनले प्राप्त गरेका चार एभेरष्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेस भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेस भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बम जसमा विभिन्न ८ ताल समावेसको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ विट समावेस गरी तयार परिएको गीतमा रहेका छन् ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता÷दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31