शुक्रबार, बैशाख १४, २०८१

आज गुठी विधेयक विरुद्ध माइतीघर मण्डलमा खबरदारीसहितको वृहत जनप्रदर्शन हुँदै

काठमाठौं असार ४ , अन्तत आन्दोलनको राप र ताप एवम चौतर्फी दवाव पछि गत वैशाख १९ गते राष्ट्रियसभा सचिवालयमा भूमी व्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले दर्ता गराएको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएपनि विधेयक विरुद्ध आन्दिोलित समूहले यसअघि सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमलाइ निरन्तरता दिएको छ।

आन्दोलकारीको तर्फबाट राष्ट्रिय पहिचान सयुक्त सघर्ष समितिको आव्हानमा विधेयकको विरोधमा नारावाजी सहित मंगलवार अपरान्ह थहिंटी चोकबाट वृहत मसाल जुलुसको सहित प्रदर्शन गरिएको छ भने आज माइतीघर मण्डलमा खबरदारीसहितको वृहत जनप्रदर्शन गर्ने भएको छ ।

प्राप्त जानकारी अनुसार आज विहान ११ बजे राजधानीको माइतीघर मण्डलामा हुने सरकार विरुद्धको खबरदारी सभामा सरकारले गुठी विधेयकको नाममा पदर्शन गरेको अराजकताको भण्डाफोर गर्ने तयारी रहेको बताइएको छ ।

सरकारले गुठी विधेयक फिर्ता लिएको जनाउ दिएपनि आन्दोलनकारीले विधेयक फिर्ता होइन खारेजीको माग गर्दै आएका छन । स्मरण रहोस गुठी विधेयकको विरोधमा आन्दोलन चर्किदो आन्दोलनका कारण सरकारले विधेयक फिर्ता लिदै पछि हटेको हो ।

यसैवीच माइतीघर मण्डलमा खबरदारीसहितको वृहत जनप्रदर्शनमा हुन सक्ने कुनै पनि अप्रिय घटनालाइ असफल बनाउँन राज्यले व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।