शनिबार, बैशाख ८, २०८१

टिपरसँग ठोक्किँदा स्कुटर चालक ठहरै

भक्तपुर असार ४ , फेरि टिपरको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ ।  महानगरीय प्रहरी परिषर भक्तपुरबाट प्राप्त जानकारी अनुसार सूर्यविनायक नगरपालिका ९ नलिनचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा४ख ५६७१ नं को टिपरसँग ठोक्किँदा काभ्रेपलाञ्चोक पाँचखाल नपा– ९ घर भई हाल भक्तपुर सूर्यविनायक नपा– ८ सिपाडोल बस्ने ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
त्यस्तै प्रहरीका अनुसार प्रहरीले टिपर चालक रामेछाप सुनपाती नपा–३ घर भई हाल भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई महानगरीय प्रहरीवृत्त जगातीको हिरासतमा राखेर घटनाको अनुसन्धान शुरु गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।