शुक्रबार, बैशाख १४, २०८१

स्थानीय तहमा स्थायी कर्मचारी भर्ना नगर्न मन्त्रालयको निर्देशन

स्थायी पदपूति गरेको भए बदर गर्ने निर्णय

काठमाडौ बैशाख २७,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन जारी गरेको छ ।  स्थानीय निकायले कर्मचारी अभावले सेवा प्रवाहमा कठिनाइ भएकाले केही स्थानीय तहले विज्ञापन गरी भर्ना प्रक्रिया अगाडि बढाएकामा आपत्ती प्रकट गर्दै मन्त्रालको स्थानीय तह समन्वय शाखाका शाखाले कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्रालयले स्थानीय तहमा रिक्त कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउने बताउँदै ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ को दफा ८६ को उपदफा ३ अनुसार स्थानीय सेवाको स्थायी दरबन्दीको पदमा प्रदेश लोकसेवा आयोगले छनौट गरी सिफारिश गरेको उम्मेदवारलाई मात्र नियुक्ति गर्नुपर्ने प्रावधान रहेको जनाएको छ । साथै मन्त्रालयद्दारा जारी सूचनामा स्थानीय तहले स्थायी पदपूर्तिका लागि सूचना÷विज्ञापन गरेको भए सो समेत बदर गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।