शुक्रबार, चैत्र १६, २०८०

मिस नेपाल वर्ल्ड २०१९’ को ताज अनुष्कालाइ

काठमाडौ बैशाख २७ , प्रतियोगितकी मुख्य निर्णायक ईला शर्माले ‘हामीले अधिकारभन्दा कर्तव्यलाई बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसार र समाज उत्कृष्ट बनाउन सकिन्थ्यो ?  तपाईंको के राय छ?  भन्ने प्रश्नमा   अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने   उत्कृष्ट जवाफ दिँदै २५ औं संस्करणको  ‘मिस नेपाल वर्ल्ड २०१९’ को ताज अनुष्का श्रेष्ठले जितेकी छिन् ।

यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन्। मिस नेपाल अर्थ र पपुलर च्वाइसको उपाधि भने रिया बस्‍नेतले जितिन्।

यस्तै, । मिस ट्यालेन्टको उपाधि प्रदिप्ता अधिकारीले जितिन भने यमाहा मिस फ्यासिनो पनि अनुष्का श्रेष्ठले नै जितिन् । ब्युटी विथ द पर्पोजको उपाधि नितिका कर्माचार्य, मिस बेस्ट एथलेट्स प्रदिप्ता अधिकारी र मिस कन्फिडेन्टको ताज निशा पाठकले हात पारेको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।