शुक्रबार, बैशाख १४, २०८१

शुक्रवार मिडिया काउन्सिल विधेयक विरुद्ध हुने प्रदर्शनमा सहभागी हुन महासंघको आव्हान

काठमाडौं जेठ २ , नेपाल पत्रकार महासंघले शुक्रवार राजधानीमा  नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

प्रस्तुत विधेयकमा व्यवस्था भएका प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै महासंघले शुरु गरेको आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्र्तगत शुक्रवार मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि हुने प्रदर्शनमा सम्पूर्ण संचारमाध्यम र प्रतिनिधी सवैलाइ आ–आफ्ना सञ्चार साधनहरुसहित सहभागी हुन आव्हान गरेको छ ।

त्यस्तै पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको जनाउँदै पहिलो चरणको आन्दोलनको अन्तिम दिनको पदर्शन शशक्त बनाउँन महासंघले सम्वद्ध सवैलाइ आव्हान गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।