संसद बैठकमा प्रधानमन्त्रीले संसदको गरिमालाइ नामेट गर्दै गैरसंसदीय भाषा र शब्द प्रयोग गर्दा पनि सभामुख सरकारको लाचार छाँया बन्दै बसेको आरोप सहित सभामुख महराले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्न नसक्नुले सभामुखको औकात के र कति भन्ने जगजाहेर
काठमाडौ बैशाख २५, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आजबाट देशभर एकसाथ शुरु गरेको प्रथम चरणको हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान अन्र्तगत काठमाडौं काँग्रेसको आयोजनामा आज भएको शुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्र्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको लागि तानाशाही भएकै कारण राणा , पञ्चायत र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही र यसका कुनैपनी क्रियाकलाप मान्य हुन नसक्ने बताउँदै ओली सरकारले पनि यस्तै किसिमको तानाशाही लाड्ने चेष्टा गर्दै गर्दा ओली सरकारलाइ फाल्न काँग्रेस पछि नपर्ने बतानुभएको छ ।
त्यस्तै उहाँले सम्बोधनको क्रममा मंगलवारको संसदबैठकमा प्रधानमन्त्रीले संसदको गरिमालाइ नामेट गर्दै गैरसंसदीय भाषा र शब्द प्रयोग गर्दा पनि सभामुख सरकारको लाचार छाँया बन्दै बसेको आरोप लगाउँदै संसद् विपक्षको हो, सरकार सत्तापक्षको हो, संसद्मा विपक्षले बोल्न पाउनु उसको बैधानिक अधिकार भएको बताउँनु भएको छ । जव प्रधानमन्त्री जस्तो व्यक्तिले संसदमा मर्यादाहीन अभिव्यक्ति दिदैगर्दा सभामुख कृष्ण बहादुर महराले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्न नसक्नुले सभामुखको औकात के र कति भन्ने जगजाहेर भएको बताउँदै संविधानको मर्म र भावनाविपरीत आफुअनुकलको सत्ता हाँक्ने दिवास्वप्न देखेका ओली सरकारलाइ अव काँग्रेसले आफ्नो ल्याकत देखाउँने बताए । साथै उहाँले जागरण अभियानमार्फत् सरकारको गलत गतिविधि आम जनतासमक्ष राख्दै सरकारको यस्तै वै हरकत रहिरहे सडकबाटै ओली सरकारलाई ढाल्ने चेतावनी समेत दिनु भएको छ ।
त्यस्तै कार्यक्रममा काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य एवम् जागरण अभियानका लागि काठमाडौँका केन्द्रीय प्रतिनिधि बालकृष्ण खाँणले लज्जन र शरम समेत नरहेको ओली सरकार अधिनायकवादको नांगो नाँच नाच्ने तयारीमा रहेको भन्दै त्यस्तो नाच नाच्न नपाउँदै काँग्रेसले साइजमा ल्याउँने बताए । साथै उहाँले जागरण अभियानले पार्टीलाई नयाँ उर्जा सिर्जना गर्ने विस्वास व्यक्त गर्दै काँग्रेस जागी सक्यो त्यसअर्थमा ओली सरकारलाइ बेलैमा सचेत हुन सुझाव दिएका छन ।
त्यस्तैगरि काङ्ग्रेस नेता प्रकाशमान सिंहले जागरण अभियानले पार्टीको वडादेखि केन्द्रसम्म थप ऊर्जा मिल्ने बताउँदै जनतालाई अधिकार सम्पन्न बनाउन काङ्ग्रेसले खेलेको भूमिका आम जनतामाझ चिनाउन अभियानले सहयोगी हुने बताउँदै जनताको दुःखमा साथ दिने पार्टी काङ्ग्रेस मात्र भएको बताए ।
काठमाडौं काङ्ग्रेस सभापति सबुज बानियाले पार्टीभित्र रहेको गुठगत राजनितीको अन्त्य गर्दै काँग्रेसलाइ नयाँशिराबाट चलायमान बनाउँन र सरकारको अराजकताविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्ति एकाकार हुनुपर्ने बताउनुभयो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
- सट्टेवाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान