शनिबार, बैशाख ८, २०८१

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सक्नुनै दिवंगत तुलाधरप्रति सच्चा श्रद्धाञ्जली: अध्यक्ष प्रचण्ड

काठमाडौ बैशाख २५,  दिवङ्गत मानव अधिकारवादी नेता पद्ममरत्न तुलाधरको जीवनीमा जितेन्द्र रसिकद्वारा लिखित पुस्तक ‘सर्वरत्न’को आज राजधानीमा आयोजित एक कार्यक्रमकावीच लोकार्पण गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका केही कुरा पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै आफैँले शुरु गरेको शान्ति प्रक्रिया पूरा गर्न सहयोगी हातको खाँचो रहेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुङ्गिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत रहेको जनाउ दिदै शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सक्नुनै दिवंगत मानव अधिकारवादी नेता पद्ममरत्न तुलाधर प्रति सच्चा श्रद्धाञ्जली हुने बताउँनु भएको छ ।

पूर्र्व प्रम समेत रहेका अध्यक्ष प्रचण्डले विगतमा जसरी पद्ममरत्न तुलाधर र दमनाथ ढुङ्गानाले लगायतको सहजीकरणरमा शान्तिप्रत्रियाले मुुर्तता प्राप्त गरेको हो अव त्यसरीनै सत्यनिरुपण र मेलमिलाप नेपालको राष्ट्रिय आवश्यकता हो भन्ने बुझ्दै यसको निरुपण गर्दै शान्ति प्रक्रियालाइ पूर्णता दिनुपर्ने र यसको लागि वातावरण बनाउँन अपिल गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै मानव अधिकारकर्मी दमनाथ ढुङ्गानाले राष्ट्रको विकास र रुपान्तरणमा तुलाधरको योगदान महत्वपूर्ण रहेको बताउँनुभयो भने अर्का मल्ल के सुन्दरले पुस्तकका बारेमा चर्चा गर्दै यसमा तुलधारको जीवनी, उहाँले विभिन्न कालखण्डमा गरेको भाषण र उहाँका विषयमा विभिन्न व्यक्तिबाट अभिव्यक्त भावना प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।