शनिबार, बैशाख ८, २०८१

स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएनन : मन्त्रालय

काठमाडौ वैशाख २६ , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई पटकपटक रिक्त दरबन्दी सङ्ख्या सहितको विवरण पठाउन सर्कुलर जारी गरिएपनि अहिलेसम्म जम्मा ४सय३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएको जनाएको छ ।

मन्त्रालयले अझै ३२० स्थानीय तहले रिक्त दरबन्दीको विवरण नबुझाएको जनाउ दिदै सवै स्थानीय तहले दरबन्दीको विवरण नबुझाएकै कारण जनताको प्रत्यक्ष सेवा जोडिएको स्थानीय तहमा सरकारले नपुग दरबन्दीको पदपुर्ति गर्न नसकिरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार स्थानीय तहका ६६ हजार ९०८ दरबन्दीमध्ये ५० हजार ७ सय९० कर्मचारी स्थानीय सरकार सञ्चालन ऐनअनुसार समायोजन प्रक्रियाबाट पुर्ति गरिएपनि अझै १६ हजार ११८ कर्मचारी अपुग रहेको मन्त्रालयको आकंडा रहेको जनाउँदै कुन सनकायमा कति दरबन्दी रिक्त हो त्यसको विवरणका लागि दरबन्दीको विवरण बुझाउँन सर्कुलर जारी गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।