शुक्रबार, बैशाख १४, २०८१

स्थापना दिवसको अवसरमा एकता प्रक्रिया टुंगिएको घोषणा गर्ने तयारी

  कम्युनिष्ट पार्टी स्थापनाको ७ दशक,राजधानीमा  स्थापना दिवस मनाइदै,शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौ वैशाख ९, नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७ दशक पुगेको अवसरमा आज राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको ७१ औंस्थापना दिवस मनाइदैछ ।  कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राजधानीको प्रज्ञा भवनमा आयोजित एक विशेष कार्यक्रमलाइ पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

साथै प्रस्तुत कार्यक्रममानै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा गर्ने तयारी समेतरहेको बताउँदै आएतवार बसेको नेकपा सचिवालयको बैठकले टुंगो लगाएको ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको नाम समेत सार्वजनिक गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले अवको केही दिनमा पोलिटव्यूरो गठन गरी सवै केन्द्रीय सदस्यहरुको कार्यविभाजनसमेत गर्ने निर्णय सचिवालय बैठकले गरेको जनाउ दिदै आजबाट पार्टी एकताको सम्पूर्ण प्रक्रियाले पूर्णता पाउँने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।