बुधबार, बैशाख १२, २०८१

यी हुन ७७ जिल्लामा जिम्मेवारी पाउँने नेकपाका नेतृत्वकर्ता

काठमाडौं बैशाख ९, आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एवं वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थितमा  बसेको  बैठक ले ७७ वटै जिल्ला कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँट गरेको हो ।  

  तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको निकै लामो समयपछिमात्र जिल्ला नेतृत्वको टुङ्गो लगाएको  अध्यक्ष र सचिवको नामावली आज कम्युनिष्ट पार्टी स्था स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको हो। त्यस्तै बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने निर्णय पनि गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।