शुक्रबार, बैशाख १४, २०८१

स्थानीय सरकार सञ्चालनका लागि आवश्यक चार विधेयक स्वीकृत ,६७ करोड १० लाख रकमान्तरण

काठमाडौं चैत २४ , स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार वटा विधेयक स्वीकृत गर्दै आइतबार काठमाडौं महानगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ ।  काठमाडौं महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षमा सम्पन्न सभामा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, कार्यपालिका सदस्य र वडा सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।

नगर सभा सञ्चालन गर्दै सभाका अध्यक्ष एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले  कानून तर्जुमा गर्ने अधिवेशन भएकोले, सभा सहरी व्यवस्थापनका आवश्यक पर्ने कानुन तर्जुमा गर्न अधिवेशन केन्द्रीत भएको बताउनुभयो । बिधिको शासनमा कानुनी आधार महत्बपूर्ण शुो बताउँदै  संविधानले स्थानीय तहलाई दिएका एकल र साझा अधिकारका सूचीबाट प्राप्त जिम्मेवारीलाई पूरा गर्न अहिले तर्जुमा भएका कानूनले सहज बनाउने धारणा राख्नुभएको थियो ।

त्यस्तै उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले कानून निर्माण चित्त बुझ्दो ढङ्गबाट अघि बढेकोले यसका व्यवस्था कार्यान्वयन गरेर नागरिकलाई जनप्रतिनिधि भएको महसुस गराउनु पर्ने धारणा अभिव्यक्त गर्दै गर्नु भएको चौथो नगर सभाले काठमाडौँ महानगरपालिका सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधि  विधेयक , २०७५, काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक,२०७५, काठमाडौँ महानगरपालिका विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक  , २०७५, काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक   २०७५ पारित गरिएको छ ।

त्यस्तै सभाले चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको ६७ करोड १० लाख रकम तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रमका लागि रकमान्तर गरिएको छ भने कामपामा  विद्युतीय शासनलाई प्रभावकारी बनाउने घोषित नीति अनुरुप सम्पूर्ण तथ्याङ्क संकलन गर्नका लागि बजेट थप गरेको छ । जस अन्तर्गत जीआईएस डाटा कलेक्शन शीर्षकमा तीन करोड ८७ लाख कम थप गरिएको छ । नेपाल एम्बुलेन्स सेवा सञ्चालन खर्च अनुदान शीर्षकमा खर्च हुन नसकेको रकम रकमान्तर गरिएको छ । त्यसैगरी संयन्त्र उपकरण दमकल खरिद शीर्षकमा १३ करोड०, ब्रुमर खरिद शीर्षकमा १० करोड रकमान्तर गरिएको छ ।

त्यसैगरी संघीय संसद कोषबाट सञ्चालन हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, प्रदेश सरकारको सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रम, जग्गा विकास कार्यक्रम लगायतका शीर्षकमा पनि रकम थप गरिएको छ । महानगर विशेष कार्यक्रम अन्तर्गत शीर्षकको रकम कम गरिएको छ । यससँगै हनुमानढोका दरबार संरक्षण कार्यक्रमको ३९ लाख रुपैयाँ बजेट पनि रकमान्तर गरिएको छ ।  मुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, कार्यपालिका सदस्य र वडा सदस्यहरुको उपस्थिति रहेको थियोे ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।