मङ्लबार, बैशाख ४, २०८१

पश्चिमी वायुको प्रभाव : आगामी ३ दिनसम्म बदली ,मेघ गर्जन सहितको वर्षा र हावाहुरी

काठमाडौं चैत्र २४ , पश्चिमी वायुको प्रभाव लगातार रहँदा नेपालमा औसतभन्दा निकै पानी परिसकेको छ । प्रि–मनसुनको समय भैसक्दा पनि पश्चिमी वायुको प्रभाव निरन्तर कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै महाशाखाले आगामी ३ दिनसम्म मौसम बदली हुने, मेघ गर्जने, हावाहुरी चल्ने र पानी पर्ने संभावना औल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखालेआज साँझ जारी बुलेटिनमा उल्लेख गरेअनुसार का अनुसार  चैत्र २  गते (आइतबार): साँझ ६ः०० बजे राति:  देशभरि सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानमा मेघ गर्जन सहित हावाहुरी साथ हल्का देखि मध्यम वर्षाको संभावना छ । हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको जनाएको छ ।

चैत्र २५ गते (सोमबार): दिउँसोः देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ ।देशको पूर्वि र मध्य भू-भागका केहि स्थानमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको जनाएको छ ।

राति:  देशका मध्य र पूर्वी भु-भागहरुमा सामान्य देखि पूर्ण बदलि र रहनेछ भने बांकि भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ | हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको जनाएको छ ।

चैत्र २५ गते (मंगलबार):दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भु-भागमा  आंशिक बदली रहनेछ । देशको पूर्वि र मध्य भू-भागका केहि स्थानमा र पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ | ंमध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको जनाएको छ ।

राति:  देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ | मध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।